एमसीसी बारे अभिनेता राजेश हमालले राखे सुझाव

राजाराम पौडेल । नेपाली चलचित्र क्षेत्रमा महानायकको रुपमा परिचित अभिनेता राजेश हमालले जनताको आक्रोशलाई बुझ्न आग्रह गर्नुभएको छ । मिलिनियम च्यालेन्ज कोअपरेसन एमसीसीको बारेमा नेपाली जनताको असन्तुष्टि आइरहेको बेलामा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जनताले राखेको फरकमत प्रति ध्यान दिनुपर्ने बताउनु भएको छ । ‘मेरो भनाइ’ शीर्षक राखेर पोष्ट गरिएको १० मिनेट १३ सेकेन्डको भिडियो मार्फत उहाँले नेपाल सरकार र अमेरिकाको सरकारलाई केही सुझाब दिनुभएको छ ।

नेपालको राजनीतिक खिचोलाले जनतालाई असर परेको छ भन्दै आफ्ना भनाई सुरु गर्नुभएका हमालले बहुसंख्यक नागरिकको भावना विपरित कार्य गरे दुरगामी असर पर्ने चेतावनी दिनुभएको छ ।

‘एमसिसिप्रति जनस्तरमा आक्रोसको आवाज, विद्रोहको आवाज आइरहेको छ, राज्य संवेदनशील हुन जरुरी छ’ हमालले भन्नुभएको छ । संयुक्त राज्य अमेरिका पनि नेपालका असन्तुष्टिप्रति संवेदनशील हुनुपर्ने नत्र दुरगामी असर पार्ने उहाँको दावी छ । अमेरिकाको अफगानिस्तानमा भएको भूमिका र त्यसको परिणाम सबैले देखेको प्रसंग कोट्याउदै अहिलेका युवा धेरै सचेत रहेको हमालले खुलाउनु भएको छ ।

नेपालको परराष्ट्र नीतिका विशेषताका बारेमा प्रष्ट्याउँदै सोही नीतिका कारण बिभिन्न देशले नेपाललाई सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ ।

मिलिनियम च्यालेन्ज कोअपरेसन अन्तर्गत को सहयोगप्रति जनताको आक्रोश स्वभाविक भएकोले नेपालीको मर्म भावना बुझ्नुपर्नेमा हमालको जोड छ । ‘बहुसंख्यक नागरिकको भावना विपरित जानु हुँदैन, नेपाल सरकार र अमेरिकी सरकारले जनताका असन्तुष्टिलाई चित्तबुझाउनुपर्छ’ उहाँले भन्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button