पछिल्लाे २४ घण्टामा कास्कीसहित प्रदेशमा ११० जनामा काेराेना पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १८ जना पुरुष तथा २७ जना महिला गरी ४५ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ११० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४५ सहित म्याग्दीका १८ जना,  गाेरखाका १३ जना, लमजुङका २ जना, तनहुँका ७ जना, स्याङ्जाका ५ जना र नवलपुरका ५२० जना गरी प्रदेशका ७ जिल्लामा ६७  पुरुष तथा ४३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३ हजार ३०९ पुगेको छ। पछिल्लो २४ घण्टामा २३३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८० हजार २७५ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३३१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button