श्रीलंकामा खाद्यन्न हाहाकार, अत्यावश्यक सामाग्री किन्न पसलमा मानिसको भिड

पाेखरा न्यूज । दक्षिण एशियाली मुलुक श्रीलंकामा खाद्यन्न अभाव देखिएको छ । अभावका कारण अधिकांश सहरका पसलमा अत्याबश्यक सामाग्री किन्नेहरुको भिड बढेकाे छ । आपूर्ति नहुँदा केही सहरमा खाद्यन्न हाहाकार देखिएको छ । कोभिड नियन्त्रण गर्न भन्दै सरकारले कडा लकडाउन गरेपछि यस्तो समस्या देखिएको हो ।

सरकारद्वारा सञ्चालित सुपरमार्केटमा नगन्य खाद्य समाग्री राखिएको छ भने अधिकांश डिपार्टमेन्ट रित्तै छन् । देशमा खाद्यन्न सामाग्री अभाव नभएको र सञ्चारमाध्यमले अनावश्यक त्रास सृजना गरेको सरकारले दाबी गरेको छ ।

केही महिनाअघि सरकारले आपतकाल घोषणा गरेको थियो । विदेशी सटहीमा संकटबीच केही समयअगाडि श्रीलंकाको केन्द्रीय वैंकका प्रमुखले राजीनामा दिएका थिए ।

के गर्दैछ सरकार ?

यही ३० अगस्टमा राष्ट्रपति गोताबाय राजापाक्षेले अत्यावश्यक सामाग्रीको आपूर्तीमा कडाई गरेका थिए । सर्वसाधरणले अस्वभाविक रुपमा खाद्यन्न भण्डारण गर्दा बजारमुल्य अस्वभाविक बढेको भन्दै सरकारले सो कदम चालेको थियो ।

आर्थिक संकटका कारण श्रीलंकामा विभिन्न समस्या देखिएका छन् । केही वर्ष अघिसम्म श्रीलंकाको अर्थतन्त्र दक्षिण एशियामा नै मजबुत थियो । सन् २०१९ मा विश्व वैंकले उसलाई मझौला आम्दानी हुने देशको सूचीमा राखेकोे थियो ।

तर, अहिले देशमा ऋणभार बढेको छ । कोभिडका कारण उद्योगधन्दा र कलकारखाना सञ्चालनमा अबरोध हुँदा राज्यलाई अर्बौ नोक्शानी भएको छ भने लाखौं मजदुर बेरोजगार बनेका छन् । पछिल्ला महिना चिनी, प्याज, दाललगायतका खाद्यन्नको मुल्य बृद्धि भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button