कास्कीगण्डकीसमाचार

पोखरामा ठुलो परिमाणमा गाँजासहित ३ जना पक्राउ 

पोखरा न्यूज । कास्की प्रहरीले झन्डै ५ केजी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा शनिबार पोखरा ३०  पावरहाउसबाट तीन जनालाई ४.७ केजी लागूऔषध गाँजासहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा -३२ बेगनास ताल बस्ने २० वर्षीय  सरोज राना र १९ वर्षीय सुजन नेपाली डेढ केजी गाँजासहित पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी  सुवास हमालले जानकारी दिनुभयो ।

त्यस्तै धादिङ खनियाबास।(४ स्थायी घर भई पोखरा ६ लेकसाइड बस्ने २० वर्षीय  करण तामाङ ३.२ केजी गाँजासहित पक्राउ परेको डिएसपी  हमालले उल्लेख गर्नुभयो ।

प्रहरीले उनीहरुको साथबाट दुई थान मोबाइल सेट समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट सात दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x