पोखरामा गण्डकी म्युजिक अवार्ड हुने, ३९ विधामा नोमिनेशन खुला

अनलाइन मार्फत समेत नोमिनेशन गर्न सकिने

पोखरा न्यूज । पोखरामा ‘गण्डकी म्युजिक अवार्ड–२०७८’ हुने भनेको छ । अवार्ड कार्यक्रम पुष्पाञ्जली स्टुडियोले आयोजना गर्न लागेको हो । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील प्रतिभालाई थप ऊर्जाशील बनाउन अवार्ड कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

अवार्ड कार्यक्रममा लोक, आधुनिक, पप, भाषा भाषी, मौलिक गीत गरेर कुल ३९ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि नोमिनेशन खुल्ला भइसकेको छ । आगामी असोज ५ गतेसम्म नोमिनेशन खुल्ला रहने आयोजकले पोखरा न्युजलाई जानकारी दिए । अवार्ड कार्यक्रम राष्ट्रिय स्तरको हुने आयोजकको दाबी छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अडियो र भिडियो तर्फ गरेर विभिन्न क्याटागोरी छुट्टाइएको छ । अडियो क्याटागोरीमा सर्वोत्कृष्ट लोकगीत, सर्वोत्कृष्ट लोकदोहोरी गीत, सर्वोत्कृष्ट लोक गायक, सर्वोत्कृष्ट लोक गायिका, सर्वोत्कृष्ट नव लोकगायक, सर्वोत्कृष्ट नव लोक गायिका, सर्वोत्कृष्ट लोकदोहोरी गायक, सर्वोत्कृष्ट लोकदोहोरी गायिका, सर्वोत्कृष्ट लोक गीत रचना, सर्वोत्कृष्ट लोकगीत संगीत, सर्वोत्कृष्ट एजेन्जर लोकगीत, सर्वोत्कृष्ट ध्वनि मुद्रण लोकगीत रहेका छन् ।

अडियो क्याटागोरी तर्फ नै सर्वोत्कृष्ट सुगम गीत, सर्वोत्कृष्ट सुगम गायक, सर्वोत्कृष्ट सुगम गायिका, सर्वोत्कृष्ट सुगम गीत रचना, सर्वोत्कृष्ट सुगम संगीत, सर्वोत्कृष्ट सुगम गीत एरेन्ज, सर्वोत्कृष्ट सुगम गीत ध्वनि मुद्रण, सर्वोत्कृष्ट पप गीत, सर्वोत्कृष्ट पप स्वर (पुरुष), सर्वोत्कृष्ट पप स्वर (महिला), सर्वोत्कृष्ट रचना पप, सर्वोत्कृष्ट संगीत पप, सर्वोत्कृष्ट भजन, सर्वोत्कृष्ट भजन रचना, सर्वोत्कृष्ट चाडपर्व गीत, सर्वोत्कृष्ट भाषा भाषी गीत, सर्वोत्कृष्ट राष्ट्रिय गीत, पब्लिक च्वाइस अवार्ड, सर्वोत्कृष्ट ¥याप गीत र सर्वोत्कृष्ट म्युजिक ब्यान्ड क्याटागोरी समेत रहनेछन् ।

यसै गरी भिडियो तर्फ सबै खाले गीतका भिडियो मार्फत सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाङ्कन, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (महिला), सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष), सर्वोत्कृष्ट मौलिक गीत र सर्वोत्कृष्ट नौमती बाजा गीतको भिडियोलाई अवार्ड प्रदान गरिनेछ ।

नोमिनेशनमा परेका मध्येबाट जुरी निर्णायकको निर्णयको आधारमा उत्कृष्ट ५ छनोट गरेर मनोनयन सार्वजनिक गर्ने आयोजकको तयारी छ । यसरी छानिने प्रतिस्पर्धी मध्ये भोटिङबाट ५० प्रतिशत र जुरीको प्रतिशतको आधारमा अवार्ड विजेता छनोट गरिनेछ । अवार्ड वितरण असोज २१ गते एक कार्यक्रमका गरिनेछ । लामो समय पछि पोखरामा हुन लागिरहेको अवार्डले यस क्षेत्रमा अगाडि बढ्ने कलाकारलाई उत्साह थप्ने आयोजकको विश्वास रहेको छ । उत्कृष्ट ५ मा सार्वजनिक गर्ने दिनमा जुरी निर्णायकको बारेमा जानकारी दिने आयोजकको तयारी छ ।

देशका जुनसुकै ठाउँका कलाकारले अवार्ड कार्यक्रमको लागि नोमिनेशन फाराम भर्न पाउने आयोजकले बताए । यो वर्ष पहिला अवार्ड भएको हुँदा केही वर्ष अगाडिका गीत समेतले नोमिनेशसन फाराम भर्न सक्ने आयोजकको भनाई छ । अर्को वर्षबाट भने एक वर्ष भित्रका गीतले मात्र सहभागिता जनाउन पाउनेछन् ।

आयोजक पुष्पाञ्जली स्टुडियोले गीत संगीत उत्पादन एवं प्रवर्द्धन गर्ने काम गर्दै आएको छ । यस अवार्डको उद्देश्य कलाकारहरूलाई थप ऊर्जाशील बन्न टेवा पु¥याउने रहेको आयोजकको भनाई छ । वर्षैपिच्छे अवार्ड कार्यक्रम पोखरामा गर्ने लक्ष्य रहेको छ । भविष्यमा यो अवार्ड कार्यक्रमलाई मोफसलको सबै भन्दा ठुलो अवार्ड बनाउने योजना रहेको आयोजकले जनाए ।

अवार्डको लागि नोमिनेशनको फाराम लेखनाथ सामुदायिक सहकारी चिप्लेढुङ्गा, दरबारथोक विज्ञापन एजेन्सी, न्युरोड, सुपा देउराली होटल, न्युरोड, खरेल मोबाइल, महेन्द्रपुल र पल्स स्टुडियो गैह्रापाटनमा प्राप्त गर्न सकिनेछ । यसै गरी साथै प्रभु पे एप्स मार्फत अनलाइन नोमिनेशन दर्ता समेत गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button