आईसीसी विश्वकप: अमेरिकाले टस जित्यो, नेपालले बलिङ गर्ने

पाेखरा न्यूज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार नेपाल र अमेरिका भिड्दैछन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । दिवा रात्री खेलमा नेपालले यसअघि पपुवा न्युगिनी (पीएनजी)विरुद्धकै सुरुवाती–११ खेलाउने निर्णय लिएको हो ।

नेपाल, अमेरिका र ओमान सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रंखला सोमबारबाट सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन् । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ । त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ ।

यसअघि नेपाली टोलीले लिग–२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रृंखला खेलेको थियो । नेपालले दुबै श्रृंखला आफ्नो पक्षमा पारेको थियो ।

लिग–२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन् । खुट्टाको चोटका कारण उनले श्रंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button