कास्कीमा १०० सहित प्रदेशमा १७१ जनामा काेराेना पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५३ जना पुरुष तथा ४७ जना महिला गरी १०० जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९२९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १७१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १०० जनासहित  गाेरखाका ६ जना, लमजुङका ३  जना, तनहुँका ९  जना, बाग्लुङका २ जना, स्याङ्जाका २४  जना र नवलपुरका २७ जना गरी प्रदेशका ७ जिल्लामा ८५ पुरुष तथा ८६  जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३ हजार ६७२ पुगेको छ। पछिल्लो २४ घण्टामा १५७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८० हजार ५९८ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३३२ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button