पोखरामा एमसिसीविरुद्ध नेपाल विद्यार्थी संघको मसाल जुलुस

पोखरा न्यूज । पोखरामा  नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पसले  एमसिसीको  विरुद्धमा मसाल जुलुस निकालेको छ ।

एमसिसीको  विरुद्धमा आइतबार क्याम्पस परिसरबाट मसाल जुलुस निकालेको  सतारुढ दल नेपाली काँग्रेसको भातृ संगठन समेत रहेको  नेविसंघ पीएनका सचिव अकल क्षेत्रीले  जानकारी दिनुभयो ।

अमेरिकन बिस्तारवाद र राष्ट्रघाती सम्झौता एमसिसीको  विरुद्धमा खबरदारी गर्दै  जुलुस निकालिएको  सचिव  क्षेत्रीले बताउनुभयो । एमसिसी  खारेज नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत सचिव क्षेत्रीले दिनुभयो।

कार्यक्रममा   उप सभापति सुशील न्यौपानेले आफुहरुले बाचुन्जेल देशको लागि श्रमदान गर्न तयार रहेको  भन्दै  राष्ट्र झुक्ने काम नगर्न नेतृत्व पङ्क्तिलाई आग्रह  गर्नुभएको थियो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button