गण्डकी र बागमतीमा आज वर्षाको सम्भावना

पाेखरा न्यूज । आज मंगलबार गण्डकी  र बागमती  प्रदेशमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखााका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको हो ।

म‌ंगलबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति बागमती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बुधबार प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button