प्रदेश २ का मन्त्रीलाई कोरोनाले छुँदैन ?

पाेखरा न्यूज । प्रदेश सरकारको निर्णयलाई प्रादेशिक मन्त्रीहरूले नै अटेर गर्दै आउनु भएकाे छ । प्रदेश नं २ को मन्त्रिपरिषदको बैठकले आइतबार ‘नो मास्क नो सर्भिस’को नीति ल्याएको थियो । तर त्यो नीतिलाई भने प्रदेशका मन्त्रीहरूले नै उल्लंघन गर्न थाल्नु भएकाे छ ।

 

प्रदेश २ सरकार कोरोनाभाइरस माहामारीविरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालनमा ल्याएको थियो । मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमितहरूको संख्यामा कमि आएलगतै सर्वसाधारणले मास्कको प्रयोगमा हेलचेक्राइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त अभियान चलाउने निर्णय गरेको थियो ।

सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरूमार्फत सूचना प्रसारण तथा प्रकाशन गराउने निर्णयसमेत गरेको थियो । तर, अहिले प्रदेश २ का मन्त्रीहरूले नै खुलेआम मास्क लगाउन छाड्नु भएकाे छ ।

मन्त्रीहरू नै बिना मास्क लगाएर सार्वजनिक कार्यक्रममा उपस्थिति हुन थाल्नु भएकाे छ । सोमबार जनता अभाव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले कार्यक्रम अवधिभर नै मास्क लगाउनु भएकाे थिएन। त्यसैगरी कार्यक्रममा सहभागी अधिकांश व्यक्तिहरू मास्क लगाउनु भएकाे थिएन ।

त्यसैगरी सोही दिन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई बधाई दिन खानेपानी मन्त्री ओमप्रकाश शर्मा पुग्नु भएकाे थियाे । तर दुवै जनाले मास्क लगाउनु भएकाे थिएन । यसरी मन्त्रीहरू नै सार्वजनिक कार्यक्रममाहरू मास्क लगाउन छाड्नु भएकाे छ

प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले मास्क नलगाउनु मुर्खताबाहेक अरु केही नभएको बताउनु भएकाे छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम अभियानमा मन्त्रीहरू पनि गम्भीर बन्नुपर्ने उहाँकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button