बीओके क्यापिटलले १८ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव

पाेखरा न्यूज । बीओके क्यापिटलले छैटौँ वार्षिक साधारणसभा (एजीएम) २० असोजमा बाेलाएकाे छ । कम्पनीले चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्ताव पेस गर्न कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा दिउँसो ३ बजेका लागि साधारणसभा आह्वान गरेको हो ।

आर्थिक वर्ष ०७८-७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । त्यस्तै, सभामा आर्थिक वर्ष ०७७-७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानलगायतका विषयमा छलफल हुनेछ । सभामा कम्पनीले नगद लाभांश प्रयोजनका लागि तीन करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button