राजनीतिसमाचार

भीम रावल एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार

पाेखरा न्यूज । नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटी संयोजक भीमबहादुर राववले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भएकाे छ । मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्ताेसुकै त्याग गर्न तयार रहेको बताउनु भएकाे हाे ।

तर कसैले पाखा लगाउन खाजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उहाँकाे चेतावनी छ । ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भन्नुभयाे, ‘तर त्यागलाई कमजाेरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ ।’

उहाँले सम्पूर्ण कार्यकर्तालाई एकताकाे पक्षमा उभिनसमेत आग्रह गर्नुभएकाे छ । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ । उहाँले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताउनु भयाे । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेकाे उहाँकाे भनाइ छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x