मर्स्याङ्दी नदीकाे किनारमा ४३ वर्षीय गुरुङकाे शव फेला

पाेखरा न्यूज । मर्स्याङ्दी नदीकाे किनारमा मंगलबार दिउसाे एक जना युवककाे शव फेला परेकाे छ । मृतक गोरखाकाे गण्डकी गाउँपालिका-२ घर भइ हाल मनाङकाे निस्याङ गाउँपालिका-५ सब्जेस्थित स्याउ फार्ममा काम गरि बस्ने ४३ वर्षीय क्षेत्र बहादुर गुरुङ रहेको प्रहरीले बताएकाे छ ।

मृतक भदाै २६ गते देखि हराएका थिए । मंगलबार दिउसाे अन्दाजी १२:०० बजेको समयमा मनाङकाे निस्याङ गाउँपालिका-४ स्थित मर्स्याङ्दी नदीको किनारमा घोप्टो अवस्थामा उनकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button