गण्डकीलमजुङसमाचार

चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरे

लमजुङ, ३० भदौ ।  चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेको किसान रुनबहादुर गुरुङले बताउनुभयो  ।

सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उहाँले बताउनुभयो । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन् ।

किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताउनुभयो ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x