प्रि ओपन सेसनमा करिब ४ अंकले बढ्यो नेप्से

पाेखरा न्यूज । आज साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ दशमलव ५४ अंक घटेर २९२९ दशमलव २९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ दशमलव ९४ अंक बढेर २९३३ दशमलव २३ विन्दुमा पुगेको छ ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७४ अंक बढेको छ।

सो सेसनमा कुल २५ कम्पनीको तीन हजार सात सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सो सेसनमा ११ कम्पनीको शेयर कारोबार भएको छ ।

जसमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ।

बाँकी दुई कम्पनीको सेयर मूल्य सो सेसनमा स्थिर रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button