काेराेनाका कारण पाेखरामा उपचाररत थप २ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा थप २ जनाकाे मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालय पाेखराले दिएकाे जानकारी अनुसार तनहुँकाे भिमाद ८ का ५३ वर्षीय पुरुषकाे मंगलबार र स्याङ्जाकाे वालिङ १ का ८४ वर्षीय पुरुषकाे बुधबार प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button