कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

बुधबार कास्कीसहित गण्डकीमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४१ जना पुरुष तथा ३७ जना महिला गरी ७८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९९९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १२५  जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ७८ जनासहित म्याग्दीका १ जना, पर्वतका १ जना, गाेरखाका ७ जना, लमजुङका ८ जना, तनहुँका ४ जना, बाग्लुङका ६ जना, स्याङ्जाका १४ जना र नवलपुरका ६ जना गरी प्रदेशका ९ जिल्लामा ६५ पुरुष तथा ६० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३ हजार ९३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ९२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८० हजार ८९१ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३३५ पुगेको छ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x