मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

  • पोखरा न्यूज
  • २०७८ भाद्र ३१
मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

पाेखरा न्यूज । एक अपरिचित महिलाले भेरी नदीमा हाम फालेकी छन् । सुर्खेतकाे भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताउनु भएकाे छ । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उहाँले भन्नुभएकाे छ, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताउनु भएकाे छ ।

नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस