काेराेनाका कारण पाेखरामा उपचाररत थप ४ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा बुधबार थप ४ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे रुपा ४ की ९० वर्षीया महिलाकाे उपचारकाे क्रममा संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालय पाेखराले दिएकाे जानकारी अनुसार स्याङ्जाकाे पुतलीबजार ८ का ४९ वर्षीय पुरुषकाे मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

स्याङ्जाकाे चापाकाेट २ का ८१ वर्षीय पुरुषकाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

त्यसैगरी बाग्लुङ ५ का ५३ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button