बिहीबार कास्कीमा १०३ सहित गण्डकीमा १३७ जनामा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६१ जना पुरुष तथा ४२ जना महिला गरी १०३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९६३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १३७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १०३ जनासहित पर्वतका २ जना, लमजुङका ६ जना, तनहुँका ७ जना, बाग्लुङका १ जना, स्याङ्जाका ९ जना र नवलपुरका ९ जना गरी प्रदेशका ७  जिल्लामा ७५ पुरुष तथा ६२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा २५२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८१ हजार १४३ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३३९ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button