भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

पाेखरा न्यूज । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो उनले सुर्खेतकाे वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन् । नदी हाम फालेकी अमिला अहिले बेपत्ता छिन् ।

घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ । नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटेको छ ।

अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button