माधव नेपाल – कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ

पाेखरा न्यूज । नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताउनु भएकाे छ । पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले तत्काल पार्टी एकता नगर्ने बताउनु भएकाे हाे।

माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता गर्ने चर्चा चलिरहेकाे बेला उहाँको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

तर अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताउनु भएकाे छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button