रुखमा डेरा बनाएर अनलाइन कक्षा लिइरहेका छात्रलाई आर्थिक सहयोग

पाेखरा न्यूज । रुखमा (टाँड) डेरा बनाएर अनलाइन कक्षामा सहभागी बन्नुभएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई आर्थिक सहयोग जुटेको छ । मोबाइल डाटा कनेक्ट गर्नका लागि अग्लो रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल हुनु भएका छात्र मगरलाई सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले नगद ४ हजार सहयोग गर्नुभएकाे छ

बिहीबार आयोजना गरिएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले छात्र मगरलाई आर्थिक सहयोग गर्नुभएकाे हाे । छात्र मगरलाई आवश्यक शैक्षिक सामग्री खरीद एवं ट्युसन लगायतका अतिरिक्त अध्ययनका लागि शुल्क तिर्न नगद सहयोग गरेको विव्यास अध्यक्ष श्रेष्ठले बताउनु भएकाे छ । यसअघि २९ भदौमा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले मगरलाई मोबाइल चार्ज गर्न एक थान व्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कपी र १ थान डायरी प्रदान गर्नुभएकाे थियाे । रुखमा डेरा बनाएर अध्ययनमा इच्छा शक्ति देखाएका मगरको जताततै चर्चा चलिरहेको छ ।

पढाईप्रति मगरले देखाएको लगाव र आकर्षणको उच्च प्रशंसा भइरहेको छ । कक्षामा धनकुमार दोस्रो स्थानमा हुनुहुन्छ । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगाव र इच्छाशक्तिले गर्व महसुस गराएको सरस्वती मावि अर्खौलेका प्रअ चाम्लिङले बताउनु भएकाे छ ।

सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको अवस्थामा २९ भदौदेखि भौतिक उपस्थितिमै पठन–पाठन सञ्चालन गराइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button