बैंक तथा वित्तरोचक / जानकारीसमाचार

बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा !

पाेखरा न्यूज । बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्नुहुन्छ । बच्चाले आफ्नो खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उहाँहरूलाई लिएर बैंक पुग्नुहुन्छ, तर केही समयपछि निराश भएर फर्कनुहुन्छ ।

सार्वजनिक इन्टरनेट केन्द्रमा पुगेर स्टेटमेन्ट जाँच गर्दा उहाँहरूको खातामा करोडौं भारु जम्मा भएको देखिएको थियो । कक्षा ६ मा अध्ययनरत आशीषको खातामा ६ करोड दुई लाख जम्मा भएको रहेछ । अर्का विद्यार्थी गुरुचरण विश्वासको खातामा नौ सय करोड जम्मा भएको थियो । गाउँका प्रमुखले त्यसको पुष्टि गर्नुभयाे ।

तर उहाँहरूको खातामा देखाएको पैसा वास्तवमा जम्मा भएको थिएन । बैंकको प्राविधिक समस्याले त्यस्तो देखाएको थियो । यो सुन्दा दुवै बालक र उहाँहरूका अभिभावक निराश बन्नुभएकाे छ ।

भारत सरकारको योजनाअन्तर्गत विद्यालय पोसाक र कापीकिताब किन्न बैंक खातामा केही रकम डिपोजिट भएको हुन सक्ने अभिभावकले अनुमान गर्नुभएकाे थियाे ।

उत्तर विहारको ग्रामीण बैंकमा दुवै बच्चाको अकाउन्ट खोलिएको थियो ।

‘दुईजना स्कुले विद्यार्थीको खातामा ठूलो परिमाणमा रकम जम्मा भएको खबर थाहा पाएपछि हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं,’ कटिहर जिल्लाका म्याजिस्ट्रेट उदय मिश्रले भन्नुभएकाे छ । कम्प्युटरमा देखिएको प्राविधिक समस्याले उहाँहरूको खातामा पैसा देखाए पनि सो रकम डिपोजिट नभएको सो बैंकका प्रबन्धकले बताउनु भएकाे छ। यसबारेमा बैंकले थप अनुसन्धान गर्ने भएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x