कास्कीमा ७८ सहित गण्डकीमा १३९ जनामा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४३ जना पुरुष तथा ३५ जना महिला गरी ७८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८६६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १३९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ७८ जनासहित म्याग्दीका २ जना, गाेरखाका ५ जना, लमजुङका २ जना, तनहुँका २४ जना, बाग्लुङका १ जना, स्याङ्जाका २३ जना र नवलपुरका ४ जना गरी प्रदेशका ८ जिल्लामा ७२ पुरुष तथा ६७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार २१४ पुगेको छ। पछिल्लो २४ घण्टामा १४१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८१ हजार २८४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३४० पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button