९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

पाेखरा न्यूज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किनु भएकाे छ । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ ।

उहाँहरु ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बस्नु भएकाे थियाे । टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैंले बनाएको थियो ।

अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो–१२ अन्तरिक्षयान चढेर शुक्रवार स्थानीय समयानुसार दिउँसो १ः३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गर्नुभएकाे हाे ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास थप बढेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button