सभापतिको रेसबाट पछि हट्दिन : सिंह

पाेखरा न्यूज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताउनु भएकाे छ ।

गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुनमा ढिलाई भएको बताउनु भएकाे हाे । अब छिट्टै सरकारले पूर्णता पाउने उहाँको भनाइ थियो ।

नेता सिंहले पार्टीको १४औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताउनु भएकाे छ । पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि विधानअनुसार समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिनुभएकाे छ । तर आफू सभापतिको उम्मेवारबाट पछि नहट्ने उहाँको भनाइ छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button