फिलिपिन्सबिरुद्द पहिलो हाफमा नेपाललाई १-० को अग्रता

पाेखरा न्यूज । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता बनाएको छ।

नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको हो । नेपालका लागि विमला चौधरीले गोल गर्नुभएकाे हाे । याे उहाँको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

खेलको ३९ मिनेट चोट बोकेसङै बिमलाले मैदान छाड्नुभएकाे छ। उहाँको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गर्नुभएकाे छ ।

पहिलो हाफमा गोल गरे पनि नेपालले डिफेन्सिभ खेल खेलिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button