देशभरिका पीडितहरु एकबद्ध भएका छौं : अध्यक्ष नेपाल

पाेखरा न्यूज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभरका इमान्दार कार्यकर्ताहरु पार्टीमा गोलबन्द भएकाे बताउनु भएकाे छ ।

पोखरामा प्रदेश कमिटी कार्यालय उद्घाटनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता  नेपालले परिवर्तका लागि एकतावद्ध भएकाे विचार व्यक्त गर्नुभएकाे छ ।

‘देशभरिको पीडितहरु एकबद्ध भएका छौं,’ उहाँले भन्नुभएकाे छ, ‘यो कदम जनताका लागि हो । क्रान्ति र परिवर्तनका लागि हो । कत्तिपनि विचलित हुने छैनौं ।’

उहाँले यहि साताभित्र सरकारमा सहभागी हुने दोहोर्‍याउनु भयाे । नेता  नेपालले सरकारमा गएर जनताका समस्याहरू सम्बोधन गर्ने दावी गर्नुभएकाे छ । ‘यहि हप्ताभित्र केन्द्रीय सरकारमा सहभागी हुनेछौं । जसले जे सुकै प्रचार गरोस्, पहिले नियुक्तिमा आसेपासेलाई पठाइएको थियो । हामी ती सबैबाट मुक्त भएर उचित व्यवस्थापन गर्छौं । राम्रा मान्छे छानेर पठाउछौं,’ उहाँले भन्नुभएकाे छ ।

नेता नेपालले चुनावसम्म अहिलेकाे गठबन्धन कायम रहने बताउनु भएकाे छ । ‘अबको चुनावसम्म हामी ५ मोर्चाको गठबन्धनलाई मजबुत बनाउने छौं ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button