इरानका परमाणु पिताको हत्या रोबोट जडित मसिन गनबाटः रिपोर्ट

पाेखरा न्यूज । इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजरेली गुप्तचर निकाय संलग्न रहेको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले दाबी गरेको छ । सन् २०२० को नोभेम्वरमा इजरेलको गुप्तचर निकाय मोसादमा आबद्ध एउटा समूहले रिमोट कन्ट्रोलबाट चल्ने मसिन गनले उहाँको हत्या गरेको पत्रिकाको दाबी छ ।

रिपोर्टअनुसार बेल्जियममा निर्माण गरिएकोे मसिन गनलाई एउटा आधुनिक रोबोटिक यन्त्रसँग जडान गरि गोप्य ढंगले इरान पुर्‍याइएको थियो । आर्टिफिसियल इन्टेलीजेन्स, उच्च क्षमताका क्यामेरा जडित सो मेसिन गनले एक मिनेटमा ६ सय राउन्ड गोली चलाउन सक्ने रिपोर्टमा उल्लेख छ ।

इरानका राष्ट्रपति हसन रुहानीले फख्राजादेहको हत्यामा इजरेलको संलग्नता रहेको बताउँदै आउनु भएकाे छ। सो हत्याको बदला लिने समेत उहाँको भनाई छ ।

वैज्ञानिकको हत्या गर्न सन् २०१८ मा इजरेलले इरानका केही गोप्य दस्ताबेज चोरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button