तीन जनता तीन बस

पाेखरा न्यूज । केही सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि  मोरङको बेलबारीमा स्कुल बस संचालनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तीनवटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् ।

जनता माध्यमिक विद्यालय बेलबारी-१ र जनता माध्यमिक विद्यालय बेलबारी-८ ले दुई वटा बस राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका छन् भने जनता मावि बाहुनि बेलबारी – ९ ले नमुना विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका हुन् ।

यस्तै बेलबारी – ८ वलुवाईको एक सामुदायिक विद्यालयले भने आन्तरिक कोषबाट आफै बस खरिद गर्न लागेकाे छ । नगरपालिकाकाे शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाका अनुसार बस विद्यालयले आफै खरिद गरेका हुन् ।

नगरपालिकाले समन्वय गरेर स्रोत जुटाइदिएपछि विद्यालयहरूले आफै बस खरिद गरेका हुन् । सामुदायिक विद्यालय प्रति विद्यार्थी र अविभावकको आकर्षण बढ्न थालेपछि विद्यार्थीलाई सहुलित दिनका लागि विद्यालयहरूले बसको सेवा थपेका हुन् । विद्यार्थीकाे चाप बढेपछि विद्यालयले बस संचालनमा ल्याएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक घिमिरेले बताउनु भयाे ।

सामुदायिक विद्यालयलाई अझ बढी प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा शिक्षक दरबन्दी मिलानदेखि विद्यालय समायोजनसम्मको काम सकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भएकाे हाे ।

शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएकाले सोहीअनुसार कार्ययोजना तयार गरी लागु गरिएको नगरपालिले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ५ को परीक्षासमेत नगरपालिकाले आफै गराइरहेको छ ।

कक्षा ८ को परीक्षासमेत एसईईको नमूनाअनुसार होमसेन्टरबाहेकको परीक्षा केन्द्र निर्धारण गरिएकाे काेइरालाले जानकारी दिनुभयाे । उहाँले कापी परीक्षणमासमेत कोड–डिकोड गरी एक अर्काे विद्यालयको विषय विज्ञद्वारा परीक्षण गराउने गरिएको बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button