विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

पाेखरा न्यूज । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । नेकपा एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गर्नुभएकाे हाे ।

संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button