घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

पाेखरा न्यूज । विधान अधिवेशनको संघारमा रहेको नेकपा एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गर्नुभएकाे छ ।

असोज ३ अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उहाँले आठ पृष्ठ लामो बुँदागत मत पेस गर्नुभएकाे हाे। आज जारी बैठकमा पनि उहाँले अर्को प्रस्ताव पेस गर्दै हुनुहुन्छ ।

महाधिवेशनका लागि तय गरिएको पार्टीको कार्यक्रम संगठनात्मक प्रस्तावमा उहाँले समृद्धि र समाजवादको बाटो शीर्षका बेग्लै मत राख्नुभएकाे हाे ।
प्रस्तावमा उहाँले जनताको बहुदलीय जनवादमाथि छलफल हुन छाडेको भन्दै यसमा घनीभूत छलफलको माग गर्नुभएकाे छ ।

उहाँले प्रस्तावमा माओवादी केन्द्रसँगको एकताका बेला दुई अध्यक्षबीच भएका गोप्य सहमति र आलोपालो अध्यक्ष बन्ने व्यवस्थाप्रति आलोचना गर्दै यही कारण एकता नटिकेको पनि उल्लेख गर्नुभएकाे छ ।

उहाँले अब पार्टीको कार्यदिशा र संगठनबारे व्यापक छलफल हुनुपर्नेसमेत प्रस्ताव गर्नुभएकाे छ ।

‘पार्टीको कार्यदिशा र संगठनबारे, खासगरी तिनको संगतिबारे छलफल गरौं । त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटनाबारे छलफल गरौँ,’ प्रस्तावमा भूसालले भन्नुभएकाे छ, ‘त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा संगठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र सांगठानिक जिम्मेवारी पूरा गर्नसक्ने संगठनलाई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउने छ ।’

उहाँले आसन्न विधान महाधिवेशनको महत्वलाई ध्यान दिँदै नेपाली समाजवादी क्रान्ति र त्यससँग सम्बन्धित कार्यदिशा, कार्यक्रम, नवौँ महाधिवेशनपछि पार्टी कामको मूल्यांकनलगायतका विषयमा बेग्लै प्रस्ताव बैठमा पेस गर्ने बताउनु भएकाे छ । यो प्रस्ताव जारी स्थायी कमिटी बैठकमा पेस गर्ने भूसालको भनाइ छ ।

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2021/09/ghanashyam-bhusal-tippani.pdf”]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button