पाेखरामा २ केजी अवैध गाँजासहित १ युवा पक्राउ

पाेखरा न्यूज । पाेखरामा २ केजी अवैध गाँजासहित एक जना युवा पक्राउ परेका छन् ।

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका-१० रामबजार बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button