स्याङ्जामा  तास खेलिरहेका ७ जना नगदसहित पक्राउ

पाेखरा न्यूज । तास खेलिरहेकाे अवस्थामा स्याङ्जामा  ७ जनालाई नगदसहित प्रहरीले पक्राउ  गरेकाे छ ।

स्याङ्जाकाे पुजतलीबजार नगरपालिका १३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button