साेमबार कास्कीसहित गण्डकीमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६० जना पुरुष तथा ७४ जना महिला गरी १३४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५३६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २६२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १३४ जनासहित म्याग्दीका १२ जना, पर्वतका १ जना,गाेरखाका १७ जना, लमजुङका ८ जना, तनहुँका १० जना, बाग्लुङका २५ जना, स्याङ्जाका ३९ जना र नवलपुरका १६ जना गरी प्रदेशका ९ जिल्लामा ११४ पुरुष तथा १४८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ४७६ पुगेको छ। पछिल्लो २४ घण्टामा २०७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८१ हजार ४९१ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३४६ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button