कांग्रेसमा सदस्यता विवाद : डोल्पा र सुर्खेतमा अझैँ हुन सकेन वडा अधिवेशन

पाेखरा न्यूज । नेपाली कांग्रेसको वडा अधिवेशन कर्णालीका १० जिल्लामध्ये  डोल्पा र सुर्खेेत जिल्लामा  हुन बाँकी छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सल्यान र रुकुमपश्चिममा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

डोल्पा र सुर्खेतमा भने सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेका छैनन् । डोल्पामा पार्टी सभापति अंगदबहादुर बुढाले राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा समायोजन भएका केन्द्रीय सदस्य कर्ण बुढाले एकलौटी क्रियाशील सदस्य दिएको विरोधमा गदै आएका कारणले वडा अधिवेशन हुन सकेको छैन ।

सुर्खेतमा अखण्ड पार्टीबाट आएका एकजनाले बढी क्रियाशील बनाएको भन्दै विवाद हुँदै आएको छ ।

सदस्यता विवादका कारणले सुर्खेतमा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पार्टी सदस्यता विवादका कारणले सुर्खेतमा वडा अधिवेशन अनिश्चित बनेको हो ।

सुर्खेतका ९९ वटा वडा छन् । तीमध्ये केहीमा प्रतिनीधि चयन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिनुभएकाे छ । ‘दोस्रो चरणमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन छैन,’ उहाँले भन्नुभयाे,‘सदस्यता विवाद अझैँ कायम रहेका कारणले वडा अधिवेशन लम्बिएको हो ।’

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३, ६, ८ र ११ का सदस्यता विवाद कारणले वडा अधिवेशन हुन नसकेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ । यी चार वडामा ७ सय ६ जनाको नयाँ क्रियाशील सदस्यता थपिएका कारणले पौडेल पक्षले विरोध गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button