सरकार दिनगन्ती गरेर बस्दैन, समय खेर फाल्दैनौँ : मुख्यमन्त्री शाक्य

पाेखरा न्यूज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अल्पमतमा परे पनि दिनगन्ती गनेर नबस्ने बताउनु भएकाे छ । जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेको भए पनि दिनगन्ती गरेर नबस्ने बताउनु भएकाे हाे ।

‘प्रदेश सरकार निश्चित रूपमा अल्पमतमा छ, हामीलाई भन्नै पर्दैन । तर हामी दिनगन्ती गरेर बस्दैनौँ, बसेका छैनौँ’, उहाँले भन्नुभएकाे छ, ‘प्रत्येक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेका छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न के गर्न सकिन्छ । त्यसको कार्यक्रम तयार गर्नुपर्छ भनेर लागेका छौँ ।’

सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको उहाँले बताउनु भयाे । सरकारले अलिकति पनि समय खेर नफाल्ने भन्दै उहाँले जति समय बाँकी छ, त्यति समय काम गरेर देखाउने बताउनु भयाे।

‘हामीले पहिला आफ्ना आचरण कस्तो हुने भनेर आफ्नो लागि भनेर आचारसंहिता बनाएका छौँ । बनाएका मात्रै छैनौँ । लागू पनि गरेका छौँ’, उहाँले भन्नुभयाे, ‘जे जति समय पाउँछौँ, अलिकति पनि खेर फाल्दैनौँ । जति समय छ, त्यति बेलासम्म काम गर्छाैँ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button