ओलीको प्रश्न : ‘म प्रधानमन्त्री भएको बेला यसरी पदक बाँडेको भए के हुन्थ्यो ?’

पाेखरा न्यूज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी पदक बाँडेको भन्दै आक्रोश पोख्नुभएकाे छ । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विरोध गर्ने सबै निकायलाई पदक दिएर पदककै बेइज्जत गरेको उल्लेख गर्नुभएकाे छ।

‘अस्तिको दिनको जस्तो पदक वितरण हामीले गरेको भए बा बा । अहिले निर्णय खारेज गर्ने अदालतलाई दिएको छ, बहस गर्ने वकिललाई दिएको छ । कसले रोकोस् ? विरोध गर्ने अखबार टेलिभिजनलाई दिएको छ । कस्तो सबैतिर ढ्याक्ढ्याक्ती आवाज नआओस भनेर थुनेको छ । विरोधी नै रहेनन् । रत्नपार्कमा बसेर वितरण गरेजस्तै छ भन्या । म प्रधानमन्त्री भएको बेला गरेको भए के हुन्थ्यो ? बुद्धिजिवी, नागरिक समाज के भन्थ्यो ?’ उहाँले प्रश्न गरे ।

ओलीले सबैलाई पुर्‍याएर पदक बाँड्न माहोल शान्त रहेको उल्लेख गर्नुभयाे । ‘आज रमाइलो छ । सञ्चो छ । शान्त छ । किनकि विरोध गर्ने कोही छैन । यो एउटामात्र उदाहरण हो । यस्ता कति हो कति ? यी ७०/७२ दिनमा छाँटकाँट राम्रो छैन । नयाँ पंक्तिमा वितृष्णा जगाउने काम भएको छ । पत्रकार वकिल सबैलाई पदक बाँडेको छ,’ उहाँले भन्नुभएकाे छ ।

पदक बोल्न सक्ने विरोध गर्ने र आँखा भएको भए रोएर आँशु खसाल्ने अवस्था रहेको ओलीको भनाइ थियो । ‘पदक बोल्न जान्थ्यो भने विरोध गर्थ्यो । त्यसका आँखा हुन्थे भने बरबर रुन्थ्यो । आँशु खसाउन बाध्य हुन्थ्यो । तर उ बाध्य छ जसको घाटीमा पनि झुण्डिन । कति लाज मान्दो होला,’ उहाँले भन्नुभयाे ।

अहिलेको पदक वितरण मदन भण्डारीले देखाएको बाटो नभएको र यो विपरीतको बाटो भएको उहाँको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button