टिकटक बनाउँदा सेतीमा डुबेर बेपत्ता युवतीको शव फेला

पोखरा न्यूज । तनहुँमा भदौ २९ गते मंगलबार दिउँसो टिकटक बनाउने क्रममा सेती नदीमा डुबेर बेपत्ता युवतीको शव म‌गलबार आज भिमाद ७ स्थित नदी किनारमा फेला परेको छ ।

टिकटक बनाउने क्रममा सेती नदीमा डुबि तनहुँको शुक्लागण्डकी नगरपालिका ८ लालिम बस्ने १९ वर्षीया युवती पवित्रा लम्साल बेपत्ता भएकी थिइन् ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा लम्साल नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।

घटनाको बेला त्यहाँ लम्सालका दुई जना साथी पनि थिए ।

उनी नदीमा खसेपछि प्रहरीलाई खबर गरिएकाे थियो । नदीतर्फ जादै गर्दा लम्साललाई  साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ ।

नदीमा खसेर बेपत्ता लम्सालको प्रहरीले खोजी गरेकाे थियाे ।

उनको शव आज बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button