काेराेनाका कारण पाेखरामा उपचाररत थप ३ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ३ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा ३२ का ४४ वर्षीय पुरुषकाे साेमबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

रुपा ५ का ८३ वर्षीय पुरुषकाे मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा साेमबार मृत्यु भएकाे छ ।

पर्वतकाे महाशिला ५ का ६९ वर्षीय पुरुषकाे साेमबार उपचारकाे क्रममा मणिपाल शिक्षण अस्पताल पाेखरामा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३४९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button