कमेडी च्याम्पियनका उपविजेता बिक्कीकाे ‘ब्याग’ विमानस्थलमा फेला

पाेखरा न्यूज । कमेडी च्याम्पियनका उपविजेता बिक्की अग्रवालकाे हराएकाे नगद सहितको ब्याग प्रहरीले फेला पारेकाे छ ।

आइतबार त्रिभुवन विमानस्थलकाे स्वर्णद्धार नजिकै ड्यूटी खटिएका प्रहरी कर्मचारीले वेवारिसे अवस्थामा साे ब्याग फेला पारेकाे हाे।

कम्बरमा बोक्ने कालो रंगको व्याग फेला पारेपछि त्यसमा रहेको परिचय पत्रको आधारमा कमेडी च्याम्पियनका उपविजेता अग्रवाल भन्ने पहिचान भएकाे थियाे ।

उहाँलाई त्रिभुवन विमानस्थलकाे प्रहरी सुरक्षा कार्यालयमा बोलाई उक्त व्याग भित्र रहेको नगदसहितका सामान हस्तान्तरण गरिएको जनाइएकाे छ ।

उहाँकाे ब्यागभित्र भारतीय र नेपाली नगद रकमसहित एप्पलकाे घडी १ थान र एअरपाेड १ थान थियाे ।

कमेडी च्याम्पियन भाग २ काे उपविजेता बन्नुभएका उहाँ भारतीय नागरिक हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button