आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गरेको अभियोगमा गोरखामा मृतककी श्रीमती पक्राउ परेकी छिन् । गोरखा नगरपालिका वडा नं. ७ पौवाखेतकी माईली कामी आफ्नै श्रीमानको हत्या गरेकाे अभियाेगमा पक्राउ परेकी हुन् ।
मंगलबार बिहान अन्दाजी ९ बजेको समयमा पौवाखेत स्थित आफ्नै घरमा ५६ वर्षीय आईत बहादुर कामी आफू सुत्ने कोठाको भुईमा लगाईएको ओछ्यानमा शंकास्पद मृत अवस्थामा फेला परेका थिए ।
मृतकको श्रीमती ५५ वर्षीया माईली कामीले साेमबार रातको समयमा मादक पदार्थ सेवन गरी एउटै कोठा भित्र सुतिरहेका आफ्ना श्रीमान आईत बहादुर कामीलाई आफ्नो दुवै हातले निजको घाँटी थिची हत्या गरेको र तत् पश्चात सोही कोठामा रहेको ओड्ने कम्बलले निजको शरिर ढाकी दिएको प्रहरीकाे अनुसन्धानको क्रममा खुल्न आएको जनाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल सहितको अनुसन्धान टोलीले माईलीलाई सोही स्थानबाट तत्काल पक्राउ गरेकाे हाे ।
निज बिरुद्ध कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप समेत लिई थप अनुसन्धान कार्य गरिरेहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution