पोखराको नागढुंगामा आगलागी, ६५ लाख बराबरको क्षति

पोखरा न्यूज, असोज । पोखराको नागढुंगास्थित  एक पसलमा आगलागि भएको छ ।

तिवारी फोम हाउसमा मंगलबार राती भएको  आगलागिमा  फोम, म्याट्रेस, कुशन कार्पेट लगायतका वस्तुहरु जलेर नष्ट भएको सञ्चालक थानेश्वर तिवारीले बताउनुभयो  ।

सञ्चालक तिवारीका अनुसार आगलागिबाट करिब ६५ लाख बराबरको क्षति भएको छ  । पोखरा महानगरको बारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र मानवीय क्षति भने नभएको बताइएको छ ।

विगत १० वर्षअघि शुरु भएको उक्त पसल न्यूरोडमा सञ्चालनमा रहेकोमा एक महिना अघिमात्र नागढुंगा स्थित   ध्रुव राजभण्डारीको घर भाडामा लिएर स्थान्तरण गरिएको थियो ।

चट्याङका कारण विद्युत सर्ट भई आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । तर आगलागिको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button