दमननाथ ढुंगाना- तक्मा र विभूषण केही वर्ष बन्द होस् बरू!

पाेखरा न्यूज । पूर्वसभामुख दमननाथ ढुंगानाले राज्यले बाढ्ने तक्मा र विभूषणका बारेमा प्रश्न उठ्ने ठाँउ रहेकाे भन्दै असन्ताेष व्यक्त गर्नुभएकाे छ ।

पछिल्ला वर्षहरुमा राज्यद्धारा दिइने विभूषणका बारेमा स्पष्ट आधार खुलाउन सार्वजनिकरुपमा आवाज उठ्दै आएपनि त्यसकाे सम्बाेधन गरिएकाे छैन ।

यस वर्ष वितरण गरिएकाे विभूषण पनि विवादरहित हुन नसकेकाे परिप्रेक्ष्यमा पूर्वसभामुख ढुंगानाकाे साे टिप्पणी आएकाे हाे । सुधारका लागि पहल गरिन आवश्यक रहेकाे भन्दै उहाँले अन्यथा केही वर्ष बन्द गर्न समेत सुझाव दिनु भएकाे छ ।

उहाँले भन्नुभएकाे छ, ‘तक्मा, विभूषण, सम्मान स्वयं सम्मानित हुने गरी न्यायिक छनोट हुनुपर्दछ। वर्षेनि देखियो, त्यस्तो क्षमता हामीसँग भएन। प्रश्न उठाउने ठाउँ थुप्रै रह्यो। सुधारबारे पहल होस्, अन्यथा केही वर्ष बन्द होस् बरू!’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button