पाैने १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

  • पोखरा न्यूज
  • २०७८ आश्विन ७
पाैने १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

पाेखरा न्यूज । पाैने १९ लाख नगदसहित अवैधरुपमा जुवा खेलिरहेका १३ जना जुवाडे काठमाण्डाैंमा पक्राउ परेका छन् । उनीहरुकाे साथबाट सात बुक ताससहित नगद अठार लाख पचहत्तर हजार पाँच सय रुपैयाँ बरामद भएकाे छ ।

काठमाण्डौंकाे कागेश्वरी मनोहरा ७ हरहमहादेव स्थित कमल दाहालको घरमा जुवा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

दाहालकाे घरमा केही मानिसहरुले पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेलिरहेकाे भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डाैै महानगरीय प्रहरी प्रभाग काँडाघारीवाट खटिएकाे प्रहरी टाेलीले उनीहरुलाई पक्राउ गर्न सफल भएकाे जनाएकाे छ ।

प्रहरी टोलीले बुधबार राति साढे एक बजेको समयमा कमल दाहालको घरमा चेकजाँच गर्दा दोस्रो तल्लामा १३ जना जम्मा भई तास (जुवा) खेलिरहेको फेला पारेकाे थियाे ।

उनीहरुकाे साथबाट जुवा खेल्न प्रयाेग गरिएकाे प्रति सिक्का १० हजार दरकाे हरियाे सिक्का ४० थान, प्रति सिक्का ५ सय दरकाे राताे सिक्का ८० थान र प्रति सिक्काएक हजार दरकाे निलाे सिक्का १४० थान पनि फेला परेकाे जनाइएकाे छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप  अनुसन्धान भई रहेको जनाइएकाे छ  ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस