महिला कर्मचारीलाई याैन कार्यमा लगाउने हाेटल संचालक दम्पति पक्राउ

पाेखरा न्यूज । हाेटलमा सरसफाइ गर्न भनि राखिएका महिला कर्मचारीहरुलाई याैन कार्यमा संलग्न गराएकाे अभियाेगमा चितवनमा ३ जना पक्राउ परेका छन् ।

चितवनकाे भरतपुर महानगरपालिका वडा नं. २ लायन्स चोकस्थित बिकास खाजा घरका संचालक दम्पति सहित ३ जनालाई प्रहरीले मानव बेचबिखन अभियाेगमा पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार होटलमा सरसफाई गर्न भनि राखेका महिला कर्मचारीहरुलाई हाेटल संचालक दम्पतिले यौन कार्यमा संलग्न गराउने गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button