छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक थापा थुनामा

पाेखरा न्यूज । १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका लमजुङका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

राइनास नगरपालिकाकाे भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बलात्कारकाे आराेप लागेपछि फरार रहेका उनलाई भदाै १४  सोमबार जिल्लाकाे सदरमुकाम बेशीसहरबाट प्रहरीले पक्राउ गरेकाे थियाे ।

पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको थियाे ।

जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए ।

बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा भने ३ लाख धरौटी तिरेर रिहा भएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button