पाेखरामा उत्तरदायी पत्रकारिता विषयमा अभिमुखीकरण

पोखरा न्यूज । नेपाल पत्रकार महासंघ  र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम पोखरामा भएको छ ।

महासंघ गण्डकी र कास्की शाखामा कार्यरत पत्रकारहरुको अभिमुखीकरणका लागि कार्यक्रम भएको हो । करिव ६० जना पत्रकारको उपस्थितिमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीले प्रस्तुति दिनुभएकाे हाे । पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको धारणा राख्नुभएकाे हाे । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उहाँकाे भनाइ छ । पत्रकारको पेशागत अधिकार र हकहितका विषयमा पार्टीको पछि नलागी समान धारणा हुुनुपर्नेमा उपाध्यक्ष विष्टले जोड दिनुभएकाे छ ।

प्रशिक्षक जगत नेपालले आचारसंहिता भित्र रहेर पत्रकारिता गर्न सुझाव दिनुभएकाे छ । उत्तरदायी पत्रकारिता पछिल्ला समय चुनौतीको विषय भएकाले सवै सम्बन्धित निकाय चनाखो हुन आवश्यक रहेको उहाँकाे तर्क छ । प्रशिक्षक जोशीले प्रस्तुतिकरणको बीचमा पछ्ल्लोि समय पत्रकारिता छाडा हुँदै गएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनु भएकाे छ । ४५ जिल्लामा गरिएको सार्वजनिक सुनुवाईमा मिडिया माथि नागरिकको विश्वास गुम्दै गएको पाईएकाले सजग हुनुपर्ने उहाँकाे धारणा छ ।

कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी लगायतले पत्रकारकाे क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरु आवश्यक रहेको बताउनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button