काेराेना संक्रमणः कास्कीमा ८८ सहित गण्डकीमा १६३ जनामा पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४१ जना पुरुष तथा ४७ जना महिला गरी ८८ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ८८ जनासहित म्याग्दीका ३ जना, पर्वतका १ जना,  गाेरखाका ९ जना, लमजुङका २६ जना, तनहुँका ७ जना, स्याङ्जाका २४ जना र नवलपुरका ५ जना गरी प्रदेशका ८ जिल्लामा ७६ पुरुष तथा ८७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ९२४ पुगेको छ। पछिल्लो २४ घण्टामा १६५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ३२१ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३५३ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button